विराटनगर । बक्सिङका पूर्व खेलाडी तथा खेलकुद अभियन्ता अभिषेक श्रेष्ठ लाई कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष पदमा नियुक्त गर्न विभिन्न खेलकुद संघसंस्थाहरूले प्रदेश सरकारसमक्ष माग गरेका छन् ।
नेपाल बक्सिङ संघ कोशी प्रदेशका उपाध्यक्ष तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका श्रेष्ठ खेलाडी उत्पादन, प्रशिक्षण तथा खेलकुद विकासमा सक्रिय रहँदै आएका छन् । खेलकुद संघसंस्थाहरूले उनको अनुभव, नेतृत्व क्षमता र खेल क्षेत्रप्रतिको योगदानले प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय खेलाडी तथा खेलकुदकर्मीहरूले व्यावहारिक अनुभव भएका व्यक्तिलाई नेतृत्वमा ल्याउँदा प्रदेशस्तरीय खेलकुद कार्यक्रम प्रभावकारी बन्ने र युवा खेलाडीहरूले थप अवसर पाउने अपेक्षा गरेका छन्। साथै, सम्बन्धित निकायलाई यस विषयमा शीघ्र निर्णय गर्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
खाँदबारी–किमाथाङ्का सडक: ‘ट्रयाक’ स्तरोन्नति
जङ्गली च्याउ खाँदा ११ जना बिरामी
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी
मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु
मैवाखोला गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट
भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
एक लाख ३६ हजार पशुलाई खोप






