काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तरराष्ट्रिय टि(ट्वान्टी खेलमा जित हासिल गरेको छ । मलेसियाको बायुमास ओभल क्रिकेट आज भएको खेलमा नेपालले मलेसियामाथि सात विकेटको जित निकालेको हो ।
मलेसियाले नेपाललाई जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो ।
मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन् । त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन् । त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुईरदुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एकरएक विकेट विकेट लिइन् ।
सम्बन्धित समाचार
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिकाविरुद्धको खेलमा नेपाल सात रनले विजयी
स्कटल्यान्डले अमेरिकालाई दियो ३२२ रनको चुनौती
फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह
आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य
विपन्न बालबालिकालाई कपडा वितरण







