राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछि अर्को कीर्तिमान

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा जारि राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा एकपछी अर्को किर्तिमान बन्दै गएको छ ।

अघिल्लो दिन नेपाल प्रहरीका हिरामोती थारुले ४८ किलो तौल समूहको महिलातर्फ क्लिन एण्ड जर्कमा ७० र स्न्याचमा ५४ गरि कुल १ सय २४ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको भोली पल्टै मंगलबार ६० किलो तौल समूहमा सप्तरीका भारोत्तोलक रामकुमार यादव स्न्याचमा ९२ किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।

यस्तै महिलातर्फ सप्तरीकै सन्तोषी यादवले ६३ किलो तौल समूहमा क्लिन एण्ड जर्कमा ८० किलो तौल उचालेर नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् । ६९ किलो तौल समूह महिलातर्फ नेपाली सेनाका कमला श्रेष्ठले स्न्याचमा ६९ किलो तथा सोही तौल समूहमा नेपाल प्रहरीकी पुजा कुमाल क्लिन एण्ड जर्कमा ८५ र कुल १ सय ५४ किलो उचालेर नयाँ राष्ट्रिय किर्तिमान बनाएकी छिन् ।

७७ किलो तौल समूहमा कास्कीकी सरस्वती गुरुङले स्न्याचमा ६३ किलो तथा क्लिन एण्ड जर्कमा ७९ किलो गरी कुल १ सय ४२ किलो भार उचालेर तीन वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको भारोत्तोलन संघका केन्द्रिय उपाध्यक्ष एवं निर्णायक मण्डलका सदस्य रुपेश तण्डुकारले जानकारी दिए ।

भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा तीन विभागिय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै ७ वटै प्रदेशका खेलाडीहरु सहभागि छन् । प्रतियोगिता जेठ १३ गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

भीमनारायण गोल्डकपः आयोजक सेमिफाइनलमा