भीमनारायण गोल्डकप : बेलबारी र सातदोबाटो भिड्दै

धनकुटा । शहीद भीमनारायण गोल्डकपको १८ औं संस्करण अन्तरगत आज बुधबार अपराह्न हुने पहिलो चरणको अन्तिम खेल हुँदैछ । पहिलो चरणको अन्तिम खेलमा बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो फुटबल क्लब ललितपुर भिड्दै छन् ।

शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि जारी प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो चरणको तेस्रो खेलमा आयोज सहिद भीमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनल प्रवेश गरेको छ । भारतको जर्जियन फुटबल क्लबलाई हराउँदै आयोजकले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

यस्तै सोमबार उदयपुरको गाईघाट फुटबल क्लबलाई हराउँदै झापाको बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो भने आइतबार सिराहाको सलहेश फुटबल क्लबले राष्ट्रिय जागृति क्लब सुनसरीलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबार र शुक्रबार सेमिफाइनलका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुने आयोजकले जनाएको छ । बिहिबार सलहेश फुटबल क्लब सिराहा र आयजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान बीच पहिलो सेमिफाइनल खेल हुनेछ । यस्तै शुक्रबार बिर्तामोड युनाइटेड क्लब झापा र बुधबार (आज) को बिजेता बिच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । २०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले गोलीहानी हत्या गरेको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा शहीद घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

भागेश्वरमा विद्युतीकरणको काम अलपत्र, अन्धकारमै दुर्गम बस्ती