महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु भएको छ ।
शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले शुभारम्भ गरे । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६ औँ संस्करण आज बिहानदेखि सुरु भएको हो ।
६ खेल समावेश प्रतियोगितामा नौवटै जिल्लाका करिब ९०० खेलाडी सहभागी छन् । विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुँदै आएकामा पहिलोपटक डडेल्धुरामा प्रतियोगिता आयोजना भएको हो ।
सहभागी खेलाडी तथा अन्य व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ । प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्प्रर्धा हुँदैछ ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
स्कटल्यान्डले अमेरिकालाई दियो ३२२ रनको चुनौती
फुटबल महाकुम्भ ‘फिफा विश्वकप २०२६’ : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
अभिक शाह र दानिसा पुरी बने जुनियर चेस च्याम्पियन
चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत
टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो
चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात






