पूजा र सुदर्शनले प्रहरी परिसरमा तिरे प्राविधिकको पैसा

काठमाडौं । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘रावायण’को प्राविधिकलाई दिन १२ लाख रुपैयाँ अन्तत काठमाडौं जिल्ला प्रहरी परिसरमा पुगेर तिरेका छन् । यो सँगै प्राविधिकले चलचित्रमा काम गर्दा निर्माताहरूसँग लिन बाँकी रकम नेपाल चलचित्र प्राविधिक संघले प्रहरीको मद्दतबाट उठाउन थालेको छ ।

लामो समयदेखि प्राविधिकको पैसा नतिरेको भन्दै नेपाल चलचित्र प्राविधिक संघले चलचित्र ‘रावायण’की अभिनेत्री एवम् निर्माता पूजा शर्मा र निर्देशक एवम् निर्माता सुदर्शन थापा विरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसरमा उजुरी हालेको थियो । मंगलवार प्रहरीले अभिनेत्री पूजा र निर्देशक सुदर्शनलाई यो प्रकरणमा बयान लिन बोलाएको थियो । बोलाएको समय भन्दा केही ढिला पुगेकी अभिनेत्री एवम् निर्माता पूजा शर्माले प्राविधिकलाई तिर्नु पर्ने पैसा व्यवस्था गर्नु परेको कारण परिसरमा आउन ढिला भएको जवाफ दिएकी थिइन् ।

डेढ वर्ष अघि रिलिज भएको यो चलचित्रमा काम गरेका प्राविधिकहरूले १२ लाख रुपैयाँ लिन बाँकी थियो । प्राविधिकहरूले आफ्नो संस्था नेपाल चलचित्र प्राविधिक संघमा गत महिना आफूहरूको पैसा उठाई दिन निवेदन दिएका थिए । संघले पूजा र सुदर्शनलाई गत बैशाखको अन्तिम साता नै ९ जेठ भित्र प्राविधिकको सबै पैसा चुक्ता गर्न पत्र पठाएको थियो । सो पत्रको बेबस्ता गरिएपछि आफूहरू भुक्तानीको लागि प्रहरीमा पुगेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राजधानीलाई बताए ।

चलचित्र ‘रावायण’को प्राविधिकलाई चुक्ता गर्नु पर्ने रकम नदिएसम्म निर्माण हुन लागेको पूजा र सुदर्शनको आ आफ्नो चलचित्रमा प्राविधिकहरूले काम नगर्ने घोषणा गरेका थिए । तर मंगलवार अभिनेत्री पूजाले ८ लाख रुपैयाँ र सुदर्शनले ४ लाख रुपैयाँ गरेर विगतको भुक्तानी दिन बाँकी १२ लाख रुपैयाँ पुष्कर लामालाई प्रहरी परिसरमा बुझाएका छन् । आफूले त्यो पैसा लिएर प्राविधिकहरूलाई बुझाएको पुष्करले राजधानीलाई बताएका छन् ।

नेपाल चलचित्र प्राविधिक संघले यति बेला ठुलो रकम लिनु पर्ने १७ वटा चलचित्रको सूची तयार गरेको छ । जसमध्ये ‘रावायण’, ‘बलिदान’ र ‘के घर के डेरा–२’ सँग लिनु पर्ने रकमको लागि प्रहरीमा उजुरी दिँदै थियो । ‘बलिदान’ र ‘के घर के डेरा–२’का निर्माताहरू गत शुक्रवार नै प्राविधिक संघको सम्पर्कमा आएर केही दिन भित्र सम्पूर्ण भुक्तानी दिने बाचा गरेपछि उनीहरूलाई प्राविधिक संघले माग बमोजिमको समय दिएको छ ।

अरू बाँकी १५ वटा चलचित्रका निर्मातालाई क्रमशः प्रहरीमा उजुरी दिएर प्राविधिकको पैसा उठाउने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् । ती निर्माताहरूको ’boutमा उनले भने,‘हामीले सम्पूर्ण निर्माताहरूलाई भुक्तानीको लागि पत्र पठाएको ९ जेठसम्म समय दिएका थियौँ । तर ९ जेठ भित्र सम्पर्कमा नआएको तथा बेबस्ता गरेकाहरूलाई हामीले कालोसूचीमा राखेका छौँ र अब निर्माण हुने उनीहरूको चलचित्रमा कुनै पनि नेपाल प्राविधिकले काम गर्ने छैनन् ।’

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको आगामी चलचित्रमा अब प्राविधिकले काम गर्ने पनि अध्यक्ष लामाले प्रकाश पारे । ठुलो रकम प्राविधिकलाई बुझाउन बाँकी १५ वटा चलचित्रका निर्माता अझै कालो सूचीमा रहेको र उनीहरूलाई क्रमशः प्रहरीमा उजुरी दिएर सो’bout सञ्चारकर्मीलाई जानकारी गराउने पनि लामाले बताए । ती १५ वटा चलचित्रको सूची बिस्तारै सार्वजनिक गर्ने उनको कथन छ । १५ सँगै अरू पनि थुप्रै चलचित्रका निर्मातासँग धेरे थोर पैसा प्राविधिकले लिन बाँकी रहेको सम्झौता पत्र सहितको निवेदन संघको कार्यालयमा धमाधम प्राप्त भइरहेको पनि उनले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ