काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा विनिता खड्का पक्राउ परेकी छन्।

खड्का काँग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदकी खुला महिला तर्फकी उम्मेदवार समेत छिन् । खड्कालाई शुक्रबार पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।

यही प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठका साथै काँग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल टेलिकमको दसैँ, तिहार अफर: मोबाइलमा सहुलियत दरका प्याकेज