काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघले ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ आगामी १७ जेठ आइतबारबाट काठमाडौँमा आयोजना गर्ने भएको छ । महासंघले काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै महोत्सव’bout जानकारी गराएको हो ।
महोत्सव १७ बाट १९ जेठसम्म तीन दिन काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सव निर्देशक सागर केरुङले पत्रकार भेटघाटमा जानकारी गराए । उनका अनुसार महोत्सवमा नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, लिम्बू, माझी तथा राजवंशी समुदायका चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र गरी १३ वटा लामा, छोटा चलचित्रहरू प्रदर्शन गरिने भएको छ ।
महोत्सव स्थल चलचित्र विकास बोर्डमा आदिवासी जनजाति समुदायका विभिन्न खाना स्टल तथा जातीय सामग्रीका स्टल पनि हुनेछ । विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रको अवस्था’bout अन्तरक्रिया पनि महोत्सवमा राखिएको छ । महोत्सवका उद्घाटनमा १५ वटा जनजातिको सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजक पक्षले जनाएको छ ।
महोत्सवमा यस पटक दिनेश लिङदेन निर्देशित लिम्बु चलचित्र ‘रीत’, अमृतमान महर्जन निर्देशित नेपाल भाषाको चलचित्र ‘स्वयनगु’, जनक गुरुङ निर्देशित गुरुङ भाषाको चलचित्र ‘ङोल्स्यो रामरानी’, निमा लामा तामाङ निर्देशित तामाङ भाषाको चलचित्र ‘ह्याङ तामाङ’, परशुराम चौधरी निर्देशित थारु भाषाको चलचित्र ‘जाइछै सौसरा’ तथा अशोक आले मगर निर्देशित मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ प्रदर्शन गरिनेछ । यो सबै फिचर चलचित्र हुन् ।
यस्तै लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित लिम्बु भाषाको ‘तङसिङ’, हुत बहादुर तामाङ निर्देशित तामाङ भाषाको ‘दुखला ग्यम’, बिपना तामाङ भुजेल निर्देशित तामाङ संस्कृति समेटिएको ‘निको पहिचान’ एवम् विशाल रोक्का मगर निर्देशित मगर संस्कृतिमा केन्द्रित लघु चलचित्र ‘लाहुरेनी’ महोत्सवमा प्रदर्शन हुँदै छन् ।
त्यसै गरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होम कुमारी माझी निर्देशित ‘लदि पूजा’ र अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘विराटनगर के प्राचीन राजवंशी’ पनि यो महोत्सवमा प्रदर्शन गरिने छ । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकनमा पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।
विश्वभर आदिवासी चलचित्रलाई केवल कला वा मनोरञ्जनका रूपमा होइन, सभ्यता, स्मृति, प्रतिरोध, अस्तित्व र सांस्कृतिक सार्वभौमिकताको राजनीतिक दस्ताबेजका रूपमा हेरिन थालेको महोत्स अध्यक्ष भुईँसल शेर्पाले कार्यक्रममा बताईन् । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३ त्यही सांस्कृतिक पुनर्जागरणको विराट उत्सव भएको उनको कथन थियो ।
महोत्सव’bout निर्देशक केरुङले कार्यक्रममा भने,‘आधुनिक विकास–केन्द्रित विश्व दृष्टिले प्रकृति, समुदाय, स्मृति र आध्यात्मिक सहअस्तित्वलाई विखण्डित गरिरहेको वर्तमान अवस्थामा विश्व बौद्धिक समुदायले वैकल्पिक ज्ञान–स्रोतका रूपमा आदिवासी ज्ञान–परम्परातर्फ पुनः फर्किन थालेको छ । यही सन्दर्भमा आदिवासी चलचित्र केवल कलात्मक अभिव्यक्ति नभई समुदायको ब्रह्माण्ड–दृष्टि, प्रकृतिसँगको सम्बन्ध, पूर्वजगतसँगको संवाद, सामूहिक स्मृति र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा देखाउन यो महोत्सव निरन्तर आयोजना गरिँदै आएको हो ।’
नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका पनि महोत्सव निर्देशक सागर केरुङले बताए । पछिल्लो समय आदिवासी चलचित्रको प्रोत्साहन आसालाग्दो रूपमा भएको पनि उनले जिकिर गरे ।
सम्बन्धित समाचार
१७५ भन्दा बढी साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागितामा कोलोराडोमा हुँदैछ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
सेन्सर बोर्डमा फेरी पनि राजनिती नियुक्ती
विल्सनको ‘फुर्के नम्बर १’ फेरी सुरु
‘मितज्यू’लाई ‘युनिभर्सल सर्टिफिकेट’
‘मितज्यू’लाई ‘युनिभर्सल सर्टिफिकेट’
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत
धीरेन अनुपमले ल्याए, नयाँ गजल कृति ‘प्रच्छाया’
कानुनी रूपमा नाम परिवर्तन गरे अभिनेता निकोलसले






