लस एन्जलस । सिल्भेस्टर स्टेलोनको लोकप्रिय चलचित्र ‘¥याम्बो’को नयाँ शृंखला ‘जोन ¥याम्बो’ अहिले निर्माणको क्रममा छ । अब यो चलचित्र चाँडै चलचित्र घरमा आउने निर्माताहरूले बताएका छन् । यो चलचित्र आगामी २०२७ जुनमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
¥याम्बोको नामले सिल्भेस्टर स्टेलोन चर्चित भए पनि ‘जोन ¥याम्बो’मा नयाँ ¥याम्बोको मुख्य भूमिकामा नोआ सेन्टिनियो प्रस्तुत भएका छन् । यो चलचित्रमा सिल्भेस्टर स्टेलोन भने निर्मातामा छन् । उनीसँगै यसमा मार्वल चलचित्रहरूका प्रख्यात निर्देशकहरू द रुसो ब्रदर्स (एन्थोनी र जो रुसो) कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
यो चलचित्र रिलिज भएपछि नोआ सेन्टिनियोले सिल्भेस्टर स्टेलोनलाई मुख्य पात्र ‘जोनी ¥याम्बो’ को रूपमा प्रतिस्थापन गर्ने विश्वास निर्माण पक्षको छ । यो शृंखलाका यस अघि पाँच वटा चलचित्रहरू रिलिज भइसकेका छन् । यो छैटौँ शृंखलाबाट नयाँ नायक ¥याम्बोको रूपमा आउन लागेका हुन् । यो चलचित्रमा ‘स्ट्रेन्जर थिंग्स’का डेभिड हार्बरले मेजर ट्राउटम्यानको भूमिका निर्वाह गरेका छन् ।
यी दुईसँगै यो चलचित्रमा जेम्स फ्रान्को, जेसन टोबिन र क्विन्सी इसायाह जस्ता कलाकारहरू पनि मुख्य भूमिकामा रहेका छन् । यो एक्सन प्रधान चलचित्रलाई जलमारी हेलान्डरले निर्देशन गरेका छन् । चलचित्र ‘सिसु’बाट उनी निर्देशनमा लोकप्रिय बनेका हुन् ।
निर्माण पक्षका अनुसार ‘जोनी ¥याम्बो’मा पूर्व अमेरिकी सेना (विशेष बल) सिपाहीको जासुसी कथा प्रस्तुत गरिएको छ । जसमा भियतनाम युद्धको भयानक अनुभवहरू समेटिएको छ । यो शृंखलामा पूर्व सेनाले भ्रष्ट प्रहरी, शत्रुहरू र लागूपदार्थका मालिकहरूसँग लड्न आफ्नै सैन्य प्रशिक्षण र सीप प्रयोग गरेको कथा समेत समेटिएको छ ।एजेन्सी
सम्बन्धित समाचार
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
चलचित्र पत्रकारिता सम्मान एवम् पुरस्कार घोषणा
‘रोल नं १’को ट्रेलरमा बाल संघर्ष कथा
कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व
विष्णुको ‘चौतारीमा पिपल छ बर छैन…’रिलिज
हिमालयन लिटरेचर फेस्टिभल २०२६ काठमाडौंमा हुने
‘सोह्र वर्षे जोवन…’मा यसराज र बिना
निश्चल बस्नेत लगायतमाथि अनुसन्धान गर्न सिफारिस






