द्रौपदी चरित्रकै कारण रूपा गांगुलीमाथि दुई पटक हातपात


मुम्बई । महाभारतमा द्रौपदीकी रूपमा परिचित बलिउड तथा बंगाली चलचित्रकी अभिनेत्री रूपा गांगुली हालै मात्र पश्चिम बंगालबाट सांसदको रूपमा विजयी भईन् । सांसदको रूपमा विजयी भएपछि रूपाले अबको समय जनताहरूको समस्या समाधानको लागि दिने बताएकी छिन् ।

सांसद भएपछि उनलाई आफ्ना क्षेत्रको जनताको मन जित्न सजिलो की अभिनय गरेर दर्शकको मन जित्न सजिलो भन्ने जिज्ञासा सञ्चारकर्मीले राखे । यो जिज्ञासामा दुवै कार्य गाह्रो भएको उनले बताइन् । अभिनयमा जनताको मन जित्दा पनि आफूले कोमामा जाने गरी पिटाई खाएको उनले स्मरण गरिन् ।

अभिनेत्री एवम् सांसद रूपा गांगुलीको भनाइमा महाभारतमा द्रौपदीको वस्त्र फुकालेको उनको दृश्य त्यति बेला व्यापक रूपमा चर्चा भएको थियो । ३८ वर्ष पछि आज पनि उनलाई दर्शकले द्रौपदीकै रूपमा सम्बोधन गर्दछन् ।

रूपा गांगुलीको भनाइमा यो धारावाहिक टेली शृंखला ६ वर्ष अघि टेलिभिजनमा पुनः प्रसारण गरिएको थियो । त्यति बेला रूपा गांगुली आफ्नै वस्त्र फुकालेको दृश्य देखेर डराएकी थिइन् ।

उनले वस्त्र फुकालेको यो दृश्य पुन प्रसारणमा आएपछि यही दृश्यका कारण आफ्नो जीवनमा भयानक घटना भएको उनले बताएकी छिन् । यही दृश्यका कारण उनलाई सडकमा मानिसहरूले घेरेर बेहोस हुने गरी कुटपिट गरेका थिए । जसका कारण आफ्नो मस्तिष्कमा दुई पटक रक्तस्राव भएको यी अभिनेत्रीले खुलासा गरेकी छिन् ।

अभिनेत्री रूपाका अनुसार द्रौपदीको वस्त्र फुकालेको उनको दृश्यको भिडियो एक सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो । त्यति बेला उनी काकद्वीपको ईश्वरीपुर गाउँबाट कोलकाता तर्फ फर्कँदै थिइन् । ईश्वरपुर गाउँमा उनी पुगेपछि गाउँलेहरूले उनलाई तथानाम गाली गर्दै सामूहिक आक्रमण गरे । त्यति बेला उनीहरूले हातपात गर्दै गर्दा आफू ज्यान जोगाएर भागेको पनि उनले बताएकी छिन् ।
अर्को एक घटना सम्झँदै उनले भनेकी छिन्, ‘म २२ मे, २०१६ मा डायमंड हार्बरमा भएको घटना सम्झिँदा अहिले पनि शरीर काँप्छ । त्यो दिन १८ जनाले मलाई मेरो कारबाट बाहिर निकालेर बाटोमा बेहोस हुने गरी कुटे, कार पनि तोडफोड गर्दै मलाई अश्लील गाली सहित द्रौपदी भनेर मलाई कुट्दा दुई पटक ब्रेन हेमरेज भएको थियो ।’

त्यति बेला समेत आफूलाई प्रहरीले सहयोग गरेर अस्पताल पु¥याएर ज्यान जोगाएको पनि उनले बताएकी छिन् । टाउकोमा लागेको त्यो गम्भीर चोटको असर लामो समयसम्म रहेको पनि उनले बताएकी छिन् ।-एजेन्सी

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग