काठमाडौं । चलचित्र ‘आ बाट आमा’को सफलतापछि निर्देशक चन्द्र पन्तले सोमबारबाट अर्को शृंखला ‘आ बाट आमा २’ को छायांकन सुरु गरेका छन् । आगामी दसैँको फुलपातिमा रिलिजको घोषणा गरिएको यो चलचित्रको चित्लाङबाट छायांकन सुरु भएको हो ।
चलचित्रमा पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्टलगायतका अभिनय रहने छ ।
चलचित्रको छायांकन चित्लाङ, काठमाडौं र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताएका छन्। उनका अनुसार चित्लाङ र काठमाडौँको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ ।
एक महिनाको कार्यतालिका राखेर चलचित्रको छायांकन थालिएको निर्देशक पन्तको भनाइ छ । यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । यस चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मुख्य व्यवस्थापक करनसिंह रसाली हुन् ।
सम्बन्धित समाचार
विष्णुको ‘चौतारीमा पिपल छ बर छैन…’रिलिज
कलाकार फेरबदलका कारण ३९ दिनमा सकियो ‘जलाकी’
निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
एआईको चपेटामा पुराना गीत, मारमा वास्तविक स्रष्टा
मिलेन परेश रावलको ‘हेरा फेरी ३’ विवाद
‘चलचित्र विधेयक २०८२’माथि प्रतिनिधि सभामा छलफल सुरु
नायकको हात भाँच्चिएपछि ‘सिन्दुरे जात्रा’ रोकियो






