मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्लाको खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ बर्षीय युवाको बिहिवार बिहान कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्यावमा स्वाव पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी गराए ।

संक्रमित युवा खत्याड गाउँपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना संक्रमित युवालाई बिहिबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसुलेसनमा वार्डमा राखिएको छ भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताइएको छ ।

हेले खाडा त्यहि क्वारेन्टाइन हो जहाँ भारतबाट आएका ४८ जनालाई तरकारी फलाउन प्रयोग गरिने ग्रिन हाउसको पाल टागेर राखिएको छ । जिल्लाका रहेका चारवटा स्थानियतहरुमध्ये सबै भन्दा बढी भारतबाट सोही गाउँपालिकाका स्थानियहरु भित्रिएपछि सरोकारवालाहरुले यो गाउँपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएका थिए ।

संक्रमित रहेको क्वारेन्टाइनमा रहेका अन्य ४७ जनाको १ हप्तापछि आरडिटी परिक्ष्ण गरेर मात्र घर पठाउने र जुम्लामा पिसिआर परिक्षणका लागि लोड बढी भएकाले एक हप्तासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक हप्तासम्म स्वाव संकलन नगरिने पनि डाक्टर नगरकोटिले बताए । बुधबारसम्म २७८ कोरोना संक्रमित पुगेको कणाली प्रदेशमा मुगुमा थपिएको एक जनासहित २७९ भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम