लसएञ्जलस् । सन २००२ को कुरा हो । त्यति बेला जब विश्वभरको चलचित्र पर्दामा हलिउड चलचित्र ‘स्पाइडर म्यान’ आयो । यो चलचित्रले धेरैलाई चकित बनायो । माकुराले टोकेको एउटा किशोर आफैँ कसरी माकुरा बन्न सफल भयो भन्ने कथालाई त्यति बेला सबैले मन पराए । यो चलचित्रमा मुख्य अभिनेता टोबे म्यागुइर थिए । उनी त्यति बेला आफैँ पनि यो चलचित्रमा किशोर अवस्थामा थिए । एउटा कलकलाउँदो किशोरले त्यति बेला धेरै जेनवाइ पुस्तालाई चलचित्र घरसम्म डोहो¥याएको थियो ।
टोबे म्यागुइरपछि स्पाइडर म्यानको शृंखलामा सन २०१२ मा अभिनेताको रूपमा एन्ड्रयू गारफिल्ड भित्रिए । उनले पनि यो शृंखलाका दुई चलचित्रमा अभिनय गरे । यसपछि सन २०१७ मा स्पाइडर म्यानको रूपमा यो शृंखलामा अर्का अभिनेता टम हल्याण्ड भित्रिएका हुन् । पछिल्लो एक दशकमा स्पाइडर म्यानको चार शृंखलामा अभिनय गरिसकेका अभिनेता टम हल्याण्डले जेनजी पुस्तालाई चलचित्र घरसम्म ल्याए । तर, उनले यो शृंखलाबाट अब बिश्राम लिने घोषणा गरेसँगै माकुराको चित्र युक्त रातो रंगको ‘स्पाइडर–म्यान’ पोसाकमा अब प्रस्तुत हुने उत्तराधिकारीको आबस्यक्ता महसुस गर्न थालिएको छ । त्यसो त अभिनेता टम हल्याण्डको क्रेज स्पाइडर म्यान प्रेमी दर्शकहरूमाथि अहिले पनि उस्तै छ । उनले पर्दामा पिटर पार्करको चरित्रमार्फत यो शृंखलाको चार वटा चलचित्रमार्फत मार्बल स्टुडियोलाई उत्कृष्ट कमाई गराइसकेका छन् ।
उमेरले ३० वर्ष पुग्दै गरेका उनले ‘स्पाइडर म्यान’ शृंखलासँगै अरू चलचित्रमा पनि काम गरिरहेका छन् । अरू चलचित्रको चरित्रमा पनि उत्तिकै स्थापित हुँदै गएका उनले सोही कारण पनि स्पाईडर म्यानको पिटर पार्कर चरित्रबाट विदा लिने घोषणा गरेका हुन् ।
उनीलाई यति बेला अब आफूले यो चरित्र अरूलाई दिनुपर्छ र यो शृँखलाले नयाँ कलाकारका साथ नयाँ कथा बोक्नु पर्छ भन्ने महसुस भएको छ । अभिनेता टम हल्याण्ड हाल ‘स्पाइडर म्यान’को नवौँ शृंखला ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ रिलिजको तयारीमा छन् । यो चलचित्र रिलिज भएपछि पिटर पार्करको भूमिकाबाट आफूले अवकाश लिने उनले बताएका छन् ।
यो चलचित्रको प्रचारको लागि मिडियामा पुगेका टम हल्याण्डले अन्तरवार्ताको क्रममा भने,‘म अब नयाँ अभिनेतालाई यो भूमिका निर्वाह गर्न बाटो खोल्न चाहन्छु । यो शृंखलाबाट अघिल्ला दुई अभिनेताले भन्दा मैले धेरै काम गरिसकेको छु उहाँहरुले मलाई अबसर दिएजस्तै मैले पनि अब यो चरित्रमा अरूलाई अवसर दिनु पर्छ ।’
एम्पायर पत्रिकासँगको हालैको अन्तर्वार्तामा अभिनेता टम हल्याण्डले भने, ‘अर्को पात्र माइल्स मोरालेस, स्पाइडर–ग्वेन, स्पाइडर–वुमन, वा अरू कोही होस्, अब म अर्को अध्यायको जग बसाल्न योगदान दिन चाहन्छु र त्यसमा म निर्माणमा जोडिएर उनीहरूलाई सघाउन चाहन्छु,’ त्यसैले स्पाइडर–म्यानको भूमिका अरू कसैलाई सुम्पेर आफू अब नयाँ काम गरौँ भन्ने सोचमा रहेको उनले जानकारी गराएका छन् ।
यससँगै, ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ को रिलिज अभिनेता टम हल्याण्ड र स्पाइडर–म्यान फ्रान्चाइजका प्रशंसकहरूका लागि विशेष अवसर बनेको छ । उनको भनाई आएसँगै अब स्पाइडर–म्यानको रूपमा पिटर पार्करको चरित्रमा को आउनेछन् भन्ने चर्चा सुरु भएको छ ।
अभिनेता टम हल्याण्डले सुरक्षित अवतरण स्वरूप अरू चलचित्रमा आफूलाई स्थापित गरिसकेका छन् । सन २०१६ मा ‘क्याप्टेन अमेरिका’ बाट मार्बल ब्रह्माण्डमा प्रवेश गरेका यी अभिनेता आफूलाई अब दर्शकले अरू चरित्रमा पनि स्पाइडर म्यानको जस्तै चिन्नु पर्छ भन्ने उनको मान्यता छ ।
चलचित्र घरमा आउन लागेको उनको ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’मा जेन्डाया र मार्क रफालोले पनि अभिनय गरेका छन् । डेस्टिन डेनियल क्रेटनद्वारा निर्देशित यो चलचित्रको ट्रेलर मार्चमा रिलिज भएको थियो । त्यसपछि यो शृंखला चर्चामा रहेको छ ।
यस पटकको चलचित्रको कथा ‘उही’ नामको कमिक पुस्तकबाट लिइएको छ । निर्देशक क्रेटनका अनुसार अघिल्लो चलचित्र ‘स्पाइडर–म्यान : नो वे होम’को कथालाई यसले निरन्तरता दिने छ । यो चलचित्रको नयाँ शृंखला आगामी ३१ जुलाईमा चलचित्र घरमा रिलिज हुनेछ ।-एजेन्सी
सम्बन्धित समाचार
तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान
फस्ट लुक्समा ‘कमला मिस’
मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’
सेन्सर बोर्ड बन्यो ‘केन्द्रीय चलचित्र जाँच समिति’
‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै
पलेँटीमा गुञ्जिँदै सुप्रसिद्ध गीतकार थापाका गीत
फेरी बन्यो चलचित्र ‘गौँथली’
बुबा महेश भट्टको रोमान्स’bout खुलिन अभिनेत्री पूजा






