काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाका ४४ सहित तीन सुरक्षा निकायका ८५ जना सुरक्षाकर्मी सम्पर्कबाहिर रहेका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ सैनिकसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरू लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।
सैनिक प्रवक्ता राजाराम बस्नेतले सम्पर्कबाहिर रहेका सैनिकसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताएका छन् । ‘केही सैनिकहरू सम्पर्कबाहिर छन्, हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ,’ बस्नेतले भने, ‘हामी उद्धार कार्यमै खटिएका छौँ ।’
बाढीपछि नेपाल प्रहरीका ३२ जना सुरक्षाकर्मी पनि सम्पर्कबाहिर छन् । त्यस्तै, सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कमा आउन सकेका छैनन् । हालसम्म उपलब्ध विवरणअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन सुरक्षा निकायका कुल ८५ जना सुरक्षाकर्मी सम्पर्कबाहिर छन् ।
यसअघि नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको थियो। सेनाका अनुसार पछिल्लो विवरणसम्म बाढी प्रभावित ८८ जनाको हवाई उद्धार गरिएको छ।
सम्बन्धित समाचार
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो
मुख्य न्यायाधीश, रजिस्ट्रारको ४ जना परिवारसहित ६ जना सवार स्कारपियो भिरबाट खस्यो
स्कुलबाट घर आउँदै गर्दा बगेकी बिनिताको शव भेटियो, एक जनाको खोजी जारी
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी
भोटेकोशी वितण्डाः हालसम्म ७२ जनाको शब फेला
बागमतीमा जगन्नाथलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता
प्रदेश सरकारमा एमाले–नेकपा ‘अंशबण्डा’
सुदूरपश्चिम सरकार गठन : भोलि बिहान ११ बजेभित्र दाबी पेस गर्न आह्वान






