काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपालका नागरिकसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।
‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेँ,’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
मोदीका अनुसार भारतका उद्धार तथा राहत टोलीले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन् । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ ।
सम्बन्धित समाचार
लुम्बिनीमा सरकार गठन गर्न १ सिटे मसालसँग एमाले-नेकपाको २ बुँदे सहमति
कर्णाली प्रदेशः मन्त्रिपरिषदविहिन मुख्यमन्त्री, बिजनेसविहिन प्रदेशसभा
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
पूर्वसभापति देउवालाई कांग्रेस सभापति गगनको स्वागत
असोजमा १५औँ महाधिवेशन गरे कांग्रेस विभाजन हुन्छः शंशाक
आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति
कांग्रेसभित्र एकताका लागि गगन थापासँग संवाद गर्ने देउवाको संकेत
फोहोर व्यवस्थापनमा उपत्यकाका स्थानीय तहको ‘दादागिरी’






