पूर्वराज्यमन्त्री सिंहलाई चार वर्ष एक महिना कैद

काठमाडौं । मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाइएको छ। विशेष अदालतले भ्रष्टाचार मुद्दामा जेठ ४ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मंगलबारलाई पेसी तोकेको थियो।

विशेष अदालतका न्यायाधीशहरू सुर्दशनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तिराउने पनि फैसला गरेको छ। यस्तै एक लाख ५४ हजार पाँच रुपैयाँ क्षतिपूर्ति वापत अशुल उपर गर्ने पनि विशेष अदालतको फैसला छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशका सांसद सिंहसहित १६ जनाविरुद्ध २०८२ असोज ३० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मधेस प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहले संसद् विकास कोषको विकास आयोजनामा उपभोक्ता समितिबाट ३८ लाख ५० हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

उनले आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत निकालेर रकम आफ्नो र श्रीमतीको नाममा रहेको खातामा जम्मा गरेको अख्तियारको आरोप थियो।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक