चन्द्रपुर । चोरी भएको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद भएको छ । मोटरसाइकलमा जडान गरिएको जीपीएसले देखाएको लोकेसन पछ्याउँदै प्रहरी रौतहटको कटहरिया नगरपालिका–५ स्थित एक शाखा अधिकृतको घरसम्म पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार उक्त घरबाट चोरीको मोटरसाइकल बरामद गर्नुका साथै शाखा अधिकृतका १४ वर्षीय छोरासहित दुई जनालाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त टोलीले जीपीएसको लोकेसनका आधारमा बुधबार बिहान करिब ६ बजे फतुवा विजयपुर नगरपालिकामा कार्यरत शाखा अधिकृत हरेन्द्रप्रसाद यादवको कटहरिया ५ स्थित घरमा छापा मारेको थियो।
घरभित्र लुकाएर राखिएको अवस्थामा प्रदेश २–०३–००७ प ३६०० नम्बरको टु-२० पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल गरुडा नगरपालिका–५ निवासी तथा चन्द्रनिगाहपुरस्थित खुसी मार्टका सञ्चालक राकेशकुमार गिरीको रहेको खुलेको छ।
सम्बन्धित समाचार
सप्तरीमा हराएका २६ मध्ये २० जना भेटिए
उपभोक्ता कानून ल्याउन प्रदेश सरकारलाई नैतिक दवाव
गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुँदे सहमतिपछि रोकियो आन्दोलन
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
गर्मी बढेपछि बिहान मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
रौतहटबाट तीर्थयात्रा हिडेको बस भारतमा दुर्घटना दम्पतीसहित ३ को मृत्यु
महिलाविरुद्ध निर्दयी अपराध






