प्रधानमन्त्री बाढी प्रभावित विदुरमा

नुवाकोट, ११ भदौः बाढी प्रभावित क्षेत्र अनुगमन गर्नुहुँदै प्रधानमन्त्री शाह प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बाढी प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गर्न नुवाकोटस्थित श्री नं १ सैन्य तालिम केन्द्र, मैथली ब्यारेकमा । तस्बिरः रामहरि न्यौपाने /रासस

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन बिहीबार नुवाकोटको विदुर पुगेका छन् ।

प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर पुगेका हुन् । प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बसेका छन् ।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल छन् । उनीहरुलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्था’bout जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन