काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको बाढी पीडितका उद्दार र राहातका लागि राष्ट्र संघीय प्रतिनिधिहरू परिचालन भएको बताएका छन् ।
बुधवार बिहान तिब्बतवाट आएको प्रलयकारी बाढीका कारण ब्यापक धनजनको क्षति भएको प्रति दुःख ब्यक्त गर्दै महासचिव गुटेरेसले नेपालका लागि आवाश्यक सहयोग गर्न राष्ट्र संघ तयार रहेको पनि जनाएका छन् ।
‘नेपाल र चीनमा आएको भीषण बाढीका कारण धेरैले ज्यान गुमाउनुपरेको, मानिसहरू बेपत्ता भएका र व्यापक विनाश भएको खबरले मलाई दुःखी बनाएको छ’ उनले एक्समा लेखेका छन, म पीडित परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। प्रभावित सबैप्रति मेरो ऐक्यबद्धता छ।
उनका अनुसार नेपालमा संयुक्त राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग गरिरहेको पनि जनाएका छन । ‘बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्याउन राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका छन्,’ उनले भनेका छन ।
सम्बन्धित समाचार
रोल्पामा अविरल वर्षापछि खसेको पहिरोले घरगोठ पुरियो, दुईको मृत्यु
रोल्पा पहिरो अपडेट : पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो, ९ जना अझै बेपत्ता
रोकिराखेको बस आफैं गुडेर भीरबाट खस्दा २ महिलाको मृत्यु
जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी
मोरङ कारागार बिहानैदेखि अशान्त, कैदीबन्दीद्वारा नाराबाजी
रहेनन् ‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जक जनकवि दुर्गालाल श्रेष्ठ
यस्तो छ मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा, २० भदौमा मनाइने
भोटेकोशीमा बाढी आउँदा प्रहरी र सशस्त्रका २८ जना सम्पर्कविहीन






