टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु

काठमाडौं । टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको हो ।

सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुनेछ । थुनछेक बहसपछि आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न पनि छाड्न सक्नेछ ।

प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौं ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।

एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख