विराटनगर । विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ ।
महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका एक हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका छ हजार ९६६ जना रहेका छन् ।
यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको महानगरका वरिष्ठ जनस्वास्थय अधिकृत रमेश कार्कीले जानकारी दिए ।
उनले खोप अभियानले बालमृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।
खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानसलगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
स्वास्थ्य महाशाखा प्रमुख डा।दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भएको बताए ।
सम्बन्धित समाचार
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
पर्यटकको रोजाइमा कोशी टप्पु
विद्यालयमै महिनावारी आराम कक्ष
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग






