मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने पक्की पुल निर्माण भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण गरिरहेको पुलको तीन स्पान मध्ये दुईको निर्माण भइसकेको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका कार्यालय प्रमुख सुजन भण्डारीले नौ करोड ३२ लाख ४९ हजारको लागतमा निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
आगामी असोज महिनासम्ममा पूरा गर्ने लक्ष्य लिइएको उक्त पुल निर्माणपछि स्थानीय लालझाडी, मैनटार, नकौली, घ्याङसिङटार, घटटेखोला, फेदिगाउँ, बोकेदह हेटौँडा उपमहानगरपालिका–१९ को डुमारे, लेकपानी, ज्यामिरे र मनहरी गाउँ पालिकाको सरिखेत पलांंसे क्षेत्रका २५ हजार जनता लाभान्वित हुने छन् ।
त्यस क्षेत्रमा उत्पादन हुने तरकारी, अन्न र फलफूल हेटौँडालगायत सहरमा पु¥याउँदा किसान र उपभोक्तालाई फाइदा पुग्ने छ । पुल निर्माण भएपछि त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनको सम्भावना रहेको छ ।
सम्बन्धित समाचार
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
अन्धकारमै बझाङ !
महालेखा परीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र
मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
दश वर्षमा ८१५ सम्पदा निर्माण
भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै
हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ






