वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान

वृक्षरोपण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेल भोजपुर, २२ जेठ : विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण गर्दै भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजन पौडेल तथा डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया । कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय परिसर र भोजपुर नगरपालिका–१२ टक्सारस्थित सशस्त्र प्रहरी बलको कार्यालय परिसरमा रहेको खाली जमिनमा वृक्षरोपण गरिएको छ । तस्बिर : युवराज विष्ट/रासस

विराटनगर । विराटनगर महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा आज दुई संस्थालाई सम्मान गरेको छ । वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्था ‘गो ग्रिन’ र ‘सुनौलो अवसर युवा क्लब’ लाई सम्मान गरेको हो ।

महानगर परिसरमा आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ‘गो ग्रिन’ विराटनगरका नवीनचन्द्र अधिकारी र ‘सुनौलो अवसर युवा क्लब’ का पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरियो । उहाँहरु दुवै जनाले हरित विराटनगर अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले वातावरणीय सङ्कट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम तीव्र बन्दै गएको उल्लेख गर्दै प्रमुख कोइरालाले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन,’ उनले भने, ‘आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए ।

वातावरण शाखाका प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभित्र सचेतनामूलक तथा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह-सचिव थपलिया