‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’का लागि खेल संघहरू ऐक्यवद्धता

काठमाडौं । विश्व वातावरण दिवस (जुन ५) को अवसर पारेर नेपालका विभिन्न राष्ट्रिय खेलकुद संघहरूले पर्यावरण संरक्षण र दिगो खेलकुद विकासका लागि ऐतिहासिक ऐक्यवद्धता जनाएका छन् । सातदोबाटोस्थित अल्पाइन स्पोर्ट्स नेपालको कार्यालयमा आयोजित एक विशेष छलफलमार्फत् सहभागी संघहरूले एकजुट भएर ‘क्लिन एण्ड ग्रीन स्पोर्ट्स’ अभियानलाई अगाडि बढाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपालको खेलकुद इतिहासमै वातावरण र खेलकुदलाई एकीकृत गरी यसरी सामूहिक पहल भएको यो पहिलोपटक हो ।

छलफल कार्यक्रममा अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपाल, नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन, नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ एसोसिएसन, नेपाल बेसबल एण्ड सफ्टबल संघ, नेपाल हक्की संघ, इ-स्पोर्टस एसोसिएसन नेपाल र नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

यसका साथै, नेपाल एड्भेन्चर रनिङ फेडेरेसन, नेपाल र्‍याफ्टिङ एण्ड कनोइङ एसोसिएसन, नेपाल ह्यान्डबल संघ र नेपाल कुस्ती संघले पनि यस पर्यावरणमैत्री अभियानमा आफ्नो पूर्ण ऐक्यवद्धता जनाएका छन् । विश्व खेलकुद महासंघहरूमा आबद्ध रहेका नेपाली खेल संघहरूले नेपाली खेल क्षेत्रलाई वातावरणमैत्री बनाउन र दिगो विकासमा योगदान दिन उच्च उत्साह देखाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान