बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ

ललितपुर । बालिकालाई अनैतिक कार्य गर्न लगाउने ललितपुर महानगरपालिका–२ सानेपा अरूणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापीको संचालिकालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर भन्ने सुमन कुमाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

सुमनले स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छा अनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको खबर प्राप्त भएपछि थापालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

थापाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ