गोरखा । गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् ।
आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँचका लागि आएकाहरूको आँखाको स्क्रिनिङ जाँच र शल्यक्रिया गरिएको उनले बताए । हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा. कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान गरेका थिए ।
उक्त शिविरबाट विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै घरदैलोमा आँखाको गुणस्तरीय उपचार सेवा पुर्याउन सहज भएको गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि आँखाको समस्या झेल्दै आएका बिरामी निःशुल्क उपचारबाट आँखा देख्नसक्ने भएपछि खुसी भएका छन् ।
सम्बन्धित समाचार
चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया






