निश्चित ब्याचबाहेक करेन्ट चाउचाउ खान योग्य रहेको यशोधा फुड्सको दाबी

काठमाडौं । यशोधा फुड्स प्रालिले गुणस्तरहीन ठहरिएको निश्चित ब्याचबाहेक अन्य सबै ब्याचका करेन्ट चाउचाउ उपभोग गर्न सुरक्षित रहेको जनाएको छ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन भनेर पहिचान गरेको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए बाहेकका उत्पादनहरू उपभोग गर्न मिल्ने स्पष्ट पारेको हो।

सूचनामा उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए भएका चाउचाउबाहेक अन्य मितिमा उत्पादित सोही उत्पादनका साथै फरक ब्याच नम्बरका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिने उल्लेख गरिएको छ।

कम्पनीले खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनालाई उद्धृत गर्दै उक्त ब्याचबाहेकका अन्य उत्पादनको गुणस्तरमा कुनै समस्या नरहेको जनाएको छ।

यस्तै, कम्पनीले उपभोक्ता, बिक्रेता तथा अधिकृत बिक्रेतालाई सम्बन्धित ब्याचबाहेकका उत्पादनहरू ढुक्क भएर उपभोग तथा बिक्री–वितरण गर्न आग्रह गरेको छ।

यसअघि खाद्य तथा गुण नियन्त्रण कार्यालयले ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको निश्चित ब्याचमा गुणस्तरसम्बन्धी समस्या भेटिएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त मन्त्री गुरुङ र पुनले लिए शपथ