सर्लाहीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ४९ पुग्यो

धनकौल । सर्लाहीको धनकौलमा र रामनगरमा फेरी कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा १९ वर्षिय र ४० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएका छन् भने रामनगर गाउँपालिकामा पनि एक २० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

आज थपिएको कोरोना संक्रमित व्यक्तिहरु सबै भारतको विभिन्न ठाउँहरुबाट आएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । योसंगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ सय ४९ पुगेको छ । बुधबार मात्र सर्लाहीमा १५ जना कोरोना संक्रमित व्यक्तिहरुको पुष्टि भएको थियो । जसमध्ये ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १७ बर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

त्यस्तै धनकौल गाउँपालिकामै प्राथमिक विद्यालय बैरियाको क्वारेन्टाइनमा रहेका १६ बर्षीय किशोरसहित १८ देखि ४० बर्ष उमेर समुहका ९ जना , धोबिनिया निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी ११ बर्षीया बालिकामा, धनकौलकै जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै धनकौलमा बुधवार र आज गरी १६ जना कोरोना संक्रमित व्यक्तिहरु फेला परेको छ ।

त्यस्तै सर्लाहीमा दुई जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको छ भने । मलंगवाको आइसोलेसन वार्ड मा ४३ जना पुरुष र दुई जना महिलाको उपचार भइरहेको छ भने हरिपुर नगरपालिका फरहदवामा रहेको स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन वार्डमा १ जना महिला सहित ८ जना पुरुषहरुको उपचार भैरहेको समाजिक विकास मन्त्रलायका प्रदेश नं. २ ले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा