काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेड नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मानित भएको छ।
सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निर्यात गरेको योगदानको कदरस्वरूप कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। लिटमस नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हुनुका साथै एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योग हो।
सम्मान ग्रहणपछि कम्पनीका मुख्य सञ्चालन अधिकृत प्रकाश काफ्लेले यो उपलब्धि सम्पूर्ण कर्मचारीको मेहनत, समर्पण र गुणस्तरप्रतिको प्रतिबद्धताको परिणाम भएको बताए । उनले आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा नेपालको औद्योगिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
लिटमसले उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा रोजगारी सिर्जनामार्फत नेपालको औद्योगिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।






