बागलुङ । बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोर किशोरीलाई निःशुल्क दादुरा विरुद्धका खोप प्रदान गरिने भएको छ ।
गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरूलाई दादुरा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।
आगामी असार १ गतेबाट ७ गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोर किशोरीलाई उक्त खोप निःशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
उनका अनुसार दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग भएकाले यसको सङ्क्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको हो ।
ज्वरो, रूघाखोकी वा शरीरमा रातो बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न, नियमित हात धुन, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्न तथा सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
सम्बन्धित समाचार
किष्ट शिक्षण अस्पतालद्वारा ‘अंगदाता सम्मान कार्यक्रम’ सम्पन्न
सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग
काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने
एक सातापछि सगरमाथा क्षेत्रमा जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
शिक्षण अस्पताललाई १ करोड ७० लाख बराबरको प्रविधि तथा उपकरण हस्तान्तरण
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै






