प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा पालक र १ जना आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका सहयोगी गरी ६ जनामा कोरोना पुष्टि भएको हो । गत १६ गते सचिवालय ३ सय ४४ जनामा कोरोना परीक्षण गरिएको थियो जसको रिपोर्ट आज बिहिबार आएको हो । उनीहरूमा कोरोना पुष्टि भएसँगै प्रदेश २ को प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिएका छन् । ‘मर्यादापालकमा कोरोना पोजिटिभ देखिएपछि बिहीबार ३ बजे बस्ने भनिएको संसद्को बैठक स्थगित गरिएको छ,’ यादवले भने, ‘अर्को बैठक शुक्रबार १ बजेका लागि निर्धारण गरिएको छ ।’ उनले प्रदेशसभामा कोरोना भाइरस पुष्टि भएका ५ जनालाई आइसोलेसनमा उपचारका लागि लगिएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको बताए ।

प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो । राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टमा ५ जना मर्यादापालकमा कोरोना भाइरस पुष्टि भएपछि संसद्को बैठक स्थगित गरिएको हो । अधिकांश सांसद प्रदेशसभामा पुगीसकेपछि कोरोना सम्बन्धि जानकारी आएको प्रदेश २ मा समाजवादी पार्टीका उपनेता रामअशिष यादवले वताए । अहिले सबै सांसदहरु प्रदेशसभाबाट फर्की सकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता