खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरस्थित सिमरा चौरमा सिँचाइका लागि जडान गरिएको ११ हजार भोल्ट क्षमताको ट्रान्सफर्मर बुधबार राति चोरी भएपछि सयौं किसान प्रभावित भएका छन् । खेतीपातीको मुख्य याममा विद्युत् आपूर्ति अवरुद्ध हुँदा सिँचाइ सेवा ठप्प भएको छ ।

किसान दुर्गेशकुमार सिंहले धान तथा अन्य बाली लगाउने तयारी भइरहेका बेला ट्रान्सफर्मर चोरी हुँदा किसान समस्यामा परेको बताए । “ट्रान्सफर्मर चोरी भएपछि अब डिजेल पम्प वा अन्य वैकल्पिक स्रोतको सहारा लिनुपरेको छ, यसबाट खेतीको लागत बढ्नेछ”, उनले भने ।

किसान रामपृत यादवले खेती नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताए । उनले सिँचाइ अभावका कारण उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै तत्काल विद्युत् सेवा पुनःस्थापना गर्न माग गरे ।

सिरहामा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले ट्रान्सफर्मर चोरीका घटना’bout जानकारी दिँदै भने, “हालसम्म ट्रान्सफर्मर चोरीसम्बन्धी १५ वटा उजुरी प्राप्त भएका छन् । प्राप्त उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ र घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।” उनका अनुसार नवराजपुर र बरियारपट्टी लगायतका क्षेत्रबाट पनि यस्ता घटनाका उजुरी आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित