रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।
प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे सभापतिमा निर्वाचित भएका छन् भने नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम. उपाध्याय, सहमहामन्त्रीमा ई विक्रम पौडेल तथा मुना हमाल निर्वाचित भएका छन् ।
सभापति दोस्रो चरणमा निर्विरोध भए भने महामन्त्री निर्विरोध हुँदा अन्य पदाधिकारीमा भने निर्वाचन भएको थियो । त्यसैगरी सदस्यहरूमा प्रभा ज्ञवाली, शिलाकुमारी केसी, भगवती न्यौपाने ढकाल, निरज गहतराज, कृष्णा विक, भोजबहादुर बुढाथोकी, सुमित श्रेष्ठ, बिहारी चौधरी, गोविन्द चौधरी, प्रभा चौधरी, सञ्जय प्रसाद गुप्ता, गौतम प्रसाद पाण्डेय, नोशिन फातिमा, कमल प्रसाद पोखरेल, ओमप्रकाश गुप्ता, अर्जुन सापकोटा चयन भएका छन् ।
यस्तै निर्मला भट्टराई (निरु), मायादेवी खनाल, पार्वती ढकाल, विष्णु प्रसाद पौडेल, युवराज ढकाल, अभिमन्यु पोखरेल, राजु कार्की, चेतबहादुर बस्नेत, तेजप्रसाद बस्याल, हेमकुमार जी.सी., विष्णु प्रसाद गौतम, भक्तबहादुर डाँगी, लोकनाथ विक, टेकनाथ गिरी, रविन थापा, गिरीराज भुपाल, कृष्णबहादुर खत्री, कुलप्रसाद जैसी तथा उदय भुसाल चयन भएका छन् ।
सम्बन्धित समाचार
लुम्बिनीमा एमालेका चार मन्त्रीले राजिनामा दिने तयारी
प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलको विरोध
राष्ट्रियसभाको बैठक स्थगित
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राणा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकजुट
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो
भारत भ्रमण’bout परराष्ट्रमन्त्री शिशिर खनालले दिए संसदलाई जानकारी






