महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि ‘एन्फा कम्युनिटी कोर्स–२०२६’ सुरु भएको छ ।
कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा पहिलो पटक ‘एन्फा कम्युनिटी कोर्ष’ सुरु भएको हो ।
कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले कोर्स यही असार ४ गतेसम्म हुने बताउनुभयो । उहाँले जिल्लामा रेफ्री प्रशिक्षण कार्यक्रम यसअघि विसं २०६०, २०७४ र २०८२ मा भएको बताए । फुटबलको आधारभूत विकास, प्रशिक्षक उत्पादन तथा खेलकुद क्षेत्रको क्षमता अभिवृद्धिका लागि यस प्रकारका कार्यक्रम सञ्चालन हुनुपर्नेमा उनको जोड छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डोटी तराईका कैलाली कञ्चनपुरलगायत विभिन्न क्षेत्रबाट इच्छुक प्रशिक्षार्थीहरुलाई समावेश गरिएको सङ्घले जनाएको छ ।
जिल्लामा फुटबल खेलको विकास र प्रशिक्षक उत्पादनमा योगदान पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको प्रशिक्षणमा सुदूरपश्चिमभरिका ४५ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकका एन्फाको प्राविधिक टोली खटिएको छ ।
सम्बन्धित समाचार
नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट
ओपनिङ ब्याटर भुर्तेलले प्रहार गरे अन्तर्राष्ट्रिय टी-२० खेलमा लगातार दुई शतक
रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम
‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई






