जिल्ला समन्वय समिति महासंघमा नयाँ नेतृत्व

काठमाडौं । जिल्ला समन्वय समिति महासंघको छैठौं राष्ट्रिय परिषद्को बैठकबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न परिषद्ले आइतबार नयाँ नेतृत्व चयन भएको जानकारी दिएको हो ।

जिल्ला विकास समिति महासंघको रुपमा २०५२ सालमा स्थापना भएको संस्थाले संघीयताको सबलीकरणका लागि राज्य पुनर्संरचना, संघीयता तथा संविधान संशोधनलगायतका विषयमा महत्वपूर्ण छलफलसमेत गरेको महासंघले जनाएको छ ।

केन्द्रीय समितिको अध्यक्ष पदमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा लीलाधर पौडेल, महासचिवमा अशोककुमार घिमिरे, उपमहासचिवमा राजेन्द्रविक्रम सिंह ठकुरी, कोषाध्यक्ष श्यामकुमार रोकाया चयन भएको निर्वाचन समितिका संयोजक नवराज गेलालले जानकारी दिए । परिषद्ले ३५ सदस्यीय कार्यसमिति चयन गरेको गेलालले जानकारी दिए ।

नेपालको संविधान २०७२ ले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई दिएको अधिकारको सहजीकरणका लागि जिल्ला समन्वय समितिको व्यवस्था गरिएको भए पनि पर्याप्त अधिकार नहुँदा असहज भएको नवनिर्वाचित अध्यक्ष फुयाँलले बताए ।

जिल्ला समन्वय समितिलाई दिइएको अधिकारलाई अझ प्रभावकारी बनाउँदै संघीयता कार्यान्वयनमा अझ प्रभावकारी परिणाम ल्याउन जिल्ला समन्वय समितिहरुको भूमिका बढाउन आवश्यक भएको फुयाँलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीको बजेटमा पूर्वाधार र रोजगारी प्राथमिकतामा