काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेका थिए । तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।
काठमाडौं महानगरपालिका- ७, चावहिल घर भएका उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका छन् । हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए । प्रारम्भिक अनुसन्धानअनुसार मानसिक समस्या रहेको कुरा उनको लेखाइमा झल्किन्छ ।
तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्वराज्यमन्त्री सिंहलाई चार वर्ष एक महिना कैद
विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ
वीरगञ्जका मेयर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा बैठक स्थगित
सम्पत्ति छानबिन आयोगको सम्पत्ति विवरण बुझाउने समय एक महिना थप
लागुऔषधसहित १६ जना पक्राउ
प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदको नाराबाजी
पूर्वसांसद छिरिङले त्यागिन् नेकपा





