मध्यरातमा प्रहरीले गर्‍यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी

काठमाडौं । कोशी प्रदेशका आन्तरिक कानुन मन्त्रीको घर कोठा खानतलासी गरेका छन् । हिजो राती १० बजे प्रदेश मन्त्री इन्द्रमणी पराजुलीको सरकारी निवासमा प्रहरीले खानतलासी गरेका हुन् ।  

सो बिषयमा नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाको बैठकमा सो बिषय उठाएका छन् ।

‘हिजो बेलुका राती १० बजे आन्तरिक कानुन मन्त्रालय इन्द्रमणी पराजुलीको क्वाटारमा प्रहरीले खानतलासी गरेको छ, हिजो राती उहाँ संखुवासभा जानु भएको रहेछ, त्यो अवस्थामा प्रहरीले उहाँको क्वाटरमा कोठा गएर खानतलासी गरेको रहेछ,’ राईले भने, ‘उहाँ नभएको बखतमा राती पुलिसहरूले गएर घर, कोठा खानतलासी गरेका रहेछन, त्यहाँ किन ’twas, नयाँ सरकार आए पछि यो के भएको हो ? त्यसको छानबिन गर्न माग गर्दछु ।’ 

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग