काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधा जित भइसकेको बताएका छन् ।
आज (बुधबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरे । उनले सभापति गगन थापा समूहबाट सर्वोच्च अदालतमा आफूहरूलाई आधिकारिकता नदिनको लागि दबाब गइरहेको समेत बताएका छन् ।
देउवाले भने, ‘निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ । मैले भनेको होइन । सबैले सुनेको कुरा हो। हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ । चुनाव भइसक्यो के गर्ने ? भन्यो। हामीले पुनरावलोकनमा गयौँ। पुनरावलोकनले निस्सा दियो हामीलाई। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो ।’
जतिसुकै षड्यन्त्र भए पनि आफूहरूले आधिकारिकता पाउने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर के गरेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ । तर हामी कुनै हालतमा मान्दैनौँ । रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ ।’
उनले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । उनले अगाडि भने, ‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्यो भन्नुभयो। मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीको। त्यसका लागि को–को भाग लिने हो, सनाखत हुनुपर्यो ।
बिना सनाखत गर्न पाइन्छ ? भनेका थिए। पहिला सभापति सुवर्ण शमशेर हुँदा बोलाइएको हो। अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन ।
बोलाइदिने ?’ गगनले अचानक विशेष महाधिवेशन बोलाएकाले स्वीकार्य नहुने पनि बताएका छन् । उनले थपे, ‘मैलै भन्दा गगनले हुन्छ दाइ विचार गर्छु दाइ भनेका थिए। अचानक बोलाइदिए। खल्तीबाट बोलाएर हुन्छ ?’
सम्बन्धित समाचार
भोटेकोशी र त्रिशुली बाढीपछि यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरेका छौं: प्रधानमन्त्री शाह
यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्बोधनको पूर्णपाठ
देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी- ‘अझै समय छ सुध्रिनुस्’
कांग्रेस विधान मस्यौदा समितिमा सदस्य मनोनयन
रविकोको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन






