काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरका कार्यवाहक मेयर नोर्बु छेरिङले नेपालसँग जोडिएको केरुङ नाका यही स्थानमा स्थापना हुनुका कारण’bout जानकारी दिएका छन्।
उनका अनुसार केरुङ क्षेत्र प्राचीन समयदेखि नै चीन र नेपालबीच व्यापार तथा सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। केरुङ उपत्यकाको भौगोलिक अवस्था, यातायातको सुविधा र सीमापार आवतजावतका लागि अनुकूल भएकाले यो क्षेत्र महत्वपूर्ण स्थल बनेको हो।
ऐतिहासिक रूपमा केरुङ क्षेत्र ‘टी–हर्स रोड’ तथा प्राचीन ताङ–बो मार्गसँग जोडिएको थियो। ताङ र छिङ राजवंशको समयमा समेत चीनको सिजाङ र नेपालबीच मानिस तथा सामान आवतजावतका लागि यो क्षेत्र प्रयोग हुने गरेको अधिकारीहरूले बताएका छन्।
सन् १९६२ मा केरुङ भन्सार कार्यालय स्थापना भएपछि चीन र नेपालले ऐतिहासिक मार्गलाई आधार बनाएर सडक, पुल तथा सीमा नाकासम्बन्धी पूर्वाधार विस्तार गर्दै लगेका थिए। सन् १९८१ मा केरुङ र नेपालको रसुवालाई सीमा व्यापार नाकाका रूपमा तोकिएको थियो। सन् २०१७ को अगस्टदेखि तेस्रो देशका नागरिकलाई समेत यो नाकाबाट आवतजावत गर्न अनुमति दिइएको थियो।
केरुङ नाका पछिल्लो समय चीन–नेपालबीचको महत्वपूर्ण व्यापारिक स्थल बनेको छ। पछिल्लो पाँच वर्षमा यस नाकाबाट १४ अर्ब युआन (करिब १.९६ अर्ब अमेरिकी डलर) बराबरको व्यापार भएको र करिब ४ लाख टन सामान ओसारपसार भएको चिनियाँ अधिकारीले बताएका छन्।
यसैबीच, हालैको पहिरोपछि केरुङ नाकातर्फ जाने सडक पुनः सञ्चालन गर्न तीव्र रूपमा काम भइरहेको छ। चीनले नाकासम्म पुग्ने जी–२१६ राष्ट्रिय राजमार्गको क्षतिग्रस्त भाग मर्मतलाई प्राथमिकता दिएको छ। सेप्टेम्बर १ सम्म सडकको अवरुद्ध भाग करिब ७ सय मिटरमा सीमित गरिएको र करिब ७ सय जनशक्ति सडक पुनः सञ्चालनको काममा खटिएको बताइएको छ।
चिनियाँ अधिकारीहरूले आगामी दिनमा नाका आसपासका क्षेत्रको विपद् जोखिमको विस्तृत मूल्यांकन गरी नाकाका संरचना तथा सेवा पुनःस्थापना’bout थप अध्ययन गर्ने बताएका छन्।
ग्लेबल टाइम्सबाट
सम्बन्धित समाचार
रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव फेला, २ हजार ४२६ जना अझै सम्पर्कविहीन
बाढीमा मृत्यु पुष्टि हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन
भोटेकोशी बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
हिमचट्टान भत्किने जोखिम अझै छः चिनियाँ जलस्रोत मन्त्रालय
चीनवाट दोस्रो डीएनए विशेषज्ञ टोली काठमाडौं आउँदै
भोलिदेखि लगातार ३ दिन बिदा
बाढी अपडेट: पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडियो
चीनले नेपाललाई बाढीपहिरोसम्बन्धी सूचना दैनिक उपलब्ध गराउँदै






