शनिबारका खेलहरुले समूह ‘सी’को नकआउट चरण पुग्ने दौडलाई नाटकीय रुपमा आकार दिन सक्छ । पाँचपटकको च्याम्पियन ब्राजिलले नेपाली समयअनुसार बिहान ६ः१५ बजे फिलाडेल्फियाको लिंकन फाइनान्सियल फिल्डमा हाइटीसँग खेल्नेछ । त्यसभन्दा अगाडि ३ः१५ बजे समूहको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जिलेट रंगशालामा मोरक्कोको सामना गर्नेछ । दोस्रो चरणका यी खेलहरु पछि समूहमा कसले नकआउट चरणका लागि पकड बनाउनेछ भन्ने निर्धारण गर्न सकिनेछ ।
फ्रान्स, स्पेन र पोर्चुगलपछि उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको ब्राजिलले पहिलो खेलमा आफ्नो ‘स्टान्डर्ड मिट’ गर्न सकेन । टोली १–१ को बराबरीमा रोकियो ।
भिनिसियस जुनियरको दर्शनीय गोलमा टोली भाग्यमानी रह्यो । यो गोल नहुँदो हो त विश्वकप २०२६ कै सबैभन्दा ठूलो ‘अपसेट’ नतिजा विश्व फुटबलले देख्न पाउने थिए । बराबरीसँगै ब्राजिल स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ । हाइटीविरुद्ध पनि सकारात्मक नतिजा नआउने हो भने स्कट्ल्यान्डसँगको अन्तिम खेलमा टोलीलाई एकदमै धेरै दबाब रहनेछ ।
हाइटीविरुद्ध ब्राजिले पछिल्ला भेटमा एकतर्फी राज गरेको छ । यी दुई अहिलेसम्म तीनपटक आमने–सामने भएका छन् । तीनवटै खेलको नतिजा ब्राजिलको पक्षमा गएको छ । यसबीच सन् २०१६ कोपा अमेरिकामा ब्राजिलले हाइटीमाथि ७–१ को फराकिलो जित हासिल गरेको थियो । समग्रमा ब्राजिलले हाइटीविरुद्ध १७ गोल गरेको छ ।
मोरक्कोसँगको बराबरीपछि मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले पहिलो रोजाईमा केही परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ । डिफेन्सिभ भेट्रानहरु ड्यानिलो र एलेक्स सान्ड्रोले मौका पाउने अपेक्षा गरिएको छ । त्यस्तै फाबिन्हो, लुइज हेनरिक र माथेयस कुन्ह्यालाई पनि सुरुआती मिनेट्स देखि नै देखिने अनुमान गर्न सकिन्छ । नेइमारको फिटनेश शंकाको घेरामा छ । सम्भवतः उनी लगातार दोस्रो खेलमा मैदानमा देखिने छैनन् ।
आक्रमणमा भिनिसियस र राफिन्हाले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ । त्यस्तै ग्याब्रियल म्यागाल्हेसले डिफेन्सलाई निरन्तरता दिनेछन् । दुई टोलीबीचको ‘क्वालिटी ग्याप’ अझै पनि उल्लेखनीय छ । ब्राजिलले यो खेललाई आफ्नो गति निर्माण गर्ने र गोल भिन्न्ता सुधार गर्ने अवसरको रुपमा हेर्नेछ ।
हाइटीलाई विश्वकपमा प्रतिनिधित्व गर्न पाउनुनै ठूलो उपलब्धि हो । १९७४ पछि विश्वकप खेलिरहेको हाइटीले स्कटल्यान्डसँग प्रेरणादायी प्रदर्शन गरेको थियो । यद्यपि टोलीले स्कटल्यान्डसँग १–० को साँघूरो हार बेहोर्यो ।
सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डविरुद्ध दृढ संकल्प देखाएको थियो । आफ्नो विपक्षीलाई एउटै गोलमा सीमित राखेको हाइटीले यसैबाट आत्मविश्वास लिनेछ । यद्यपि ब्राजिलको चुनौती पूर्ण रुपमा फरक छ ।
दोस्रो चरणको पहिलो खेलमा यदी मोरक्कोले स्कटल्यान्डलाई हराउने हो भने हाइटी ब्राजिलविरुद्ध थप दबाबमा हुनेछ । यदि यसो हो भने ब्राजिलविरुद्धको हारले हाइटी प्रतियोगिताबाट बाहिरिनेछ । तर, प्रतियोगितामा अपसेट नतिजाहरु आइरहँदा हाइटी आफ्नो अनुशासित प्रदर्शन दिन तयार छ ।
सम्बन्धित समाचार
एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने
विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित
मोरक्कोले ५ पटकको विजेता ब्राजिलसँग खेल्दै
जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?
बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जीत
समूह ‘एल’मा इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती
जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका







