मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जीत

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा प्रभावशाली जीतको सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको हो । यो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह ‘जे’ मा शीर्ष स्थानमा छ ।

१७ औं मिनेटमा उनले गोल गर्दा उनी निक्कै भावुक बनेका थिए । उनका आँखा रसाएका थिए । छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरेका हुन् । मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरेका छन् ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् । चार वर्षअघि कतारमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाउँदै युवती कुटपिट गर्ने व्यक्ति पक्राउ