स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० जना घाईते

उदयपुर । मदन भण्डारी राजमार्गको कटारी – नेपालटार – गाईघाट खण्डको उदयपुरगढी गाउँपालिका– ७ जोगिटोल अँधेरी सडकमा शनिवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ३० जना घाइेते भएका छन ।

महोत्तरीको गौशालाबाट सुनसरीको चतरा हिडको दिप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नं. को बस आफै अनियन्त्रित भई सडकबाट २५ मिटर तल खस्दा बर्दिबास नगरपालिकाका ६५ वर्षिय बिमलेस दत्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटना लगतै उद्धार गरि जिल्ला अस्पताल गाईघाट ल्याउने क्रममा बाटोमा नै बर्दिबास नगरपालिकाका ६५ वर्षिय बिमलेस दत्तको ज्यान गएको अस्पतालका चिकित्सकले जनाए । दुर्घटनामा गम्भिर घाईते भएका २ जनालाई जिल्ला अस्पताल गाईघाटमा उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ ।

अन्य घाइतेहरूको जिल्ला अस्पताल गाईघाटमै उपचार भइ रहेको छ । बस चालक जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. १० का २८ वर्षिय जीवन आले सकुशल रहेको प्रहरीले जनाएका छन । गम्भिर घाईते भई न्यूरो अस्पताल बिराटनगर रेफर गरिएकोमा महोत्तरी गौशाला नगरपालिका– २ का ३८ वर्षिय रसिलाकुमारी चौधरी र उनकै छोरा १२ वर्षिय सन्देशकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य घाइतेहरु महोत्तरी गौशाला नगरपालिका– २ का ४५ वर्षिय जितनप्रसाद यादब, ३८ वर्षिय पिकी यादब, २४ वर्षिय नितृ यादब, १५ वर्षिय चादनी पासवान, ४५ वर्षिय भिकारी यादब, २२ वर्षिय अमृता यादब, २० वर्षिय अञ्जली साह, १८ वर्षिय रुपा महत्तो, २४ वर्षिय अनिलकुमार पासवान, ३६ वर्षिय दिनेश साह, ७ वर्षिय आलोक साह, २६ वर्षिय अनिसा महत्तो, १० वर्षिय नादनीकुमारी यादब, २७ वर्षिय अजयकुमार मण्डल, ३८ वर्षिय दिपेन्द्र महत्तो, गौशाला नगरपालिका– ११ का २६ वर्षिय कुश महत्तो, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका– ५ का ३० वर्षिय रामशंकर यादब, २२ वर्षिय निर्मला यादब, ७ वर्षिय बिकि यादब, महोत्तरी सोनुवा गाउँपालिका– ७ का ३२ वर्षिय सिकेन्द्र बैठा, महोत्तरी औरी नगरपालिका– २ का १३ वर्षिय निशा यादब, गौशाला नगरपालिका– २ का ११ वर्षिय पुष्पा महत्तो, गौशाला नगरपालिका– ५ का १८ वर्षिय ममता महत्तो, औरी नगरपालिकाका १० वर्षिय सोनाक्षि यादब, २४ वर्षिय नन्दकिशोर पण्डित, ३५ वर्षिय शिवलाल महत्तो रामतोला देवीको ५ वर्षिय छोरा रोहन मण्डल, औरी नगरपालिकाका २४ वर्षिय लभ महत्तो जिल्ला अस्पताल गाईघाटमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा महोत्तरी औरी नगरपालिकाका २५ वर्षिय रामतोला देवी मण्डल र १४ वर्षिय प्रिति यादब सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए । दुर्घटनाको खबर पाउन साथ नेपाली सेना, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयबासीले तत्काल उद्धार गरि अस्पताल पु¥याउने काम गरेको थियो ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसँधान थालेको छ भने सिमसिम पानी परेकाले ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई दुर्घटना भएको जनाउका छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

आजपाद्वारा शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाएको कर हटाउन माग