जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्ला । जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट उक्त परिमाणको सिमी बिक्रीबाट रु एक करोड ३३ लाख ९२ हजार आम्दानी भएको छ ।

जिल्लाभार दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ । पछिल्लो समयमा सिमीको माग बजारमा अत्यधिक आउने गरेसँगै जुम्लाका किसान सिमीखेतीतर्फ आकर्षित हुँदै गएको कृषि विकास कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

सिमी किसानका लागि महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरेका छन् । सिमी उत्पादनको अवस्था राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरुपता नहुँदा किसानलाई समस्या भएको तिला गाउँपालिका–१ का किसान करन बुढाले बताए ।

जिल्लाको सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा चिनिने तिलाको रारागाउँका किसानले गत वर्ष न्यूनतम तीन क्विन्टलदेखि १२ क्विन्टलसम्म सिमी उत्पादन गरेको वडा सदस्य बिजकली बुढाले जानकारी दिइन् ।

सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले तिला–१ रारामा सिमी जोन कार्यक्रम लागू गरेको छ ।

उक्त पालिकाको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय हेक्टर क्षेत्रफलमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख खेमराज शाहीले बताए ।

सिमीले उचित मूल्य नपाएपछि स्थानीय व्यापारीमार्फत प्रतिकेजी रु १५० मा बिक्री गर्न बाध्य भएको तिलाका किसान बताउँछन् । किसानलाई उन्नत बीउ, प्राविधिक सहयोग तथा व्यावसायिक खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको कृषि विकास कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको नगरसभाबाट थारू र रानाथारू समुदायका परम्परागत भलमन्सा–पधना प्रथा संरक्षणसम्बन्धी विधेयक पास