जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ स्थित कनकासुन्दरी माध्यमिक विद्यालयका विद्यार्थीलाई नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) जुनियर डिभिजन तालिम प्रदान गरेको छ।

जुम्लास्थित नेपाली सेनाको देवीदत्त गणले सो विद्यालयका विद्यार्थीलाई यही असार १ गतेदेखि राष्ट्रिय सेवा दल जुनियर तालिम आज सञ्चालन गरिएको देविदत्त गणका गणपति प्रमुख सेनानी धीरज थापाले बताए।

एकसय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन जिल्लामै सञ्चालन हुने छ। बाँकी २१ दिन नेपालगञ्जमा तालिम सञ्चालन हुने भएको छ। तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमानदारिता र बफादारीता’bout प्रशिक्षित गरिने प्रमुख सेनानी थापाको भनाइ छ।

कनकासुन्दरी गाउँपालिकाका प्रमुख दामोदरप्रसाद आचार्यले विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरण संरक्षणलगायतका विषयमासमेत जानकारी गराइने सो तालिमको महत्व दीर्घकालीन रहेको बताए।

विद्यालयले नेपाली सेनाको पहलमा हुने सो तालिमबाट राष्ट्र र राष्ट्रियता प्रतिबद्ध, वातावरण संरक्षणमा सचेत तथा अनशासित जनशक्ति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेको छ। नेपाली सेनाले देशव्यापी रुपमा यसकिसिमको तालिम कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन