मन्थली । मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेका छन् ।
नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगततर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ । उक्त रकम गतवर्षको तुलनामा एक करोड ४५ लाख ४९ हजार कम रहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए ।
उनले भने, ‘चालु आवमा नगरको आन्तरिक आम्दानी घटेका कारण गत वर्षको तुलनामा केही बजेट विनियोजन कम हुन गएको हो ।’
नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभाले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम र पूँजीगत र चालु बजेटका साथै चालु आवको र पुँजीगत र चालुअन्तर्गत खर्च भएको बजेटको अनुमोदन गरेको छ ।
नगरसभा ‘शिक्षित, स्वस्थ र व्यावसायिक सहर ः उत्थानशील र समृद्ध मन्थली नगर’ भन्ने मूल नाराका साथ आज सम्पन्न भएको छ ।
सम्बन्धित समाचार
विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती
अर्थमन्त्रीले संसद्लाई धम्क्याए : पूर्वअर्थमन्त्री पुन
वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने, कसरी ?
मधेश प्रदेशमा टुक्रे योजना बन्द
बागमतीको बजेट ६६ अर्ब ९३ करोड
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला






