मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ‘वेलकम टु द जंगल’ यही शुक्रवारबाट विश्वव्यापी रिलिज हुँदै छ । यो उनको चलचित्र ‘वेलकम’ फ्रान्चाइजीको तेस्रो सिक्वेल चलचित्र हो । यो हास्य प्रधान चलचित्र हो । हास्य चलचित्रमा निकै रुचाइने गरेका अक्षयको प्राय यही जनराको चलचित्रमा बढी सफल भएका छन् ।
त्रुटिरहित ‘कमिक टाइमिङ’का लागि परिचित अभिनेता अक्षय कुमार पहिलो जस्तो चलचित्रबाट दर्शकलाई हँसाएर मन जित्न आजकाल त्यति सजिलो नभएको बताउँछन् । अक्षयको भनाइमा यो डिजिटल युगमा कमेडी अझ गाह्रो भएको छ । जहाँ मीम्स र इन्स्टाग्राम रिलहरूले दिनहुँ दर्शकहरूलाई मनोरञ्जन दिइरहेका छन् । स्ट्यान्ड–अप कमेडियनहरूको मानिसहरूलाई त्यतिकै हँसाउने गरेको बेला पहिलाको जस्तो हलुका कमेडीले अब चलचित्र नचल्ने यी अभिनेताको कथन छ ।
त्यसैले आजकल कमेडी झनझन गाह्रो हुँदै गएको पीटीआईसँगको कुराकानीमा अक्षयले बताएका छन् । तथापि कमेडी नदी जस्तै हो र राम्रो मुहान भएसम्म यो कहिल्यै नसुक्ने उनको कथन छ । त्यसको लागि मुहान राम्रो हुनै पर्ने पनि उनले जिकिर गरेका छन् ।
अक्षयको भनाइमा कमेडीका धेरै रूपहरू छन् । जस मध्ये भौतिक कमेडी, परिस्थितिजन्य कमेडी, स्ल्यापस्टिक कमेडी, डार्क ह्युमर कमेडी चलचित्रमा प्रचलित छ । यी अभिनेताले विगत केही वर्ष यताबाट भारतमा स्ट्यान्ड–अप जस्ता कमेडीको नयाँ रूपहरूको उदयले पुरातन कमेडीलाई गाह्रो पार्न थालेको बताए । आजकाल दर्शकलाई हँसाउने अनगिन्ती तरिकाहरू भएकाले हाँस्नकै लागि उनीहरू अब सहजै हलसम्म नजाने पनि अक्षय कुमारको तर्क छ ।
उनले अहिलेको कमेडी स्रोत’bout भने,‘यदि तपाईँले इन्स्टाग्राम खोल्नुभयो भने तपाईँले धेरै मीम्स र रमाइलो भिडियोहरू पाउनु हुनेछ । मानिसहरूले हरेक दिन कमेडी सोहरू र प्रतिभाशाली स्ट्यान्ड–अप कमेडियनहरूको कमेडी हेर्छन् र सुन्छन्, त्यहाँ धेरै नयाँ सामग्री सिर्जना गरिएको हुन्छ ।’
तर मानिसहरूलाई हँसाउनु अझै पनि सबैभन्दा कठिन कामहरू मध्ये एक भएको पनि अक्षयले बताएका छन् । उनले भने,‘दर्शकहरू प्रायः कमेडीलाई कम आँकलन गर्छन्। म स्ट्यान्ड–अप कमेडियनहरूप्रति
अपार सम्मान गर्छु, किनकि दर्शकहरूको अगाडि एक्लै उभिनु र मानिसहरूलाई हँसाउनु साँच्चै गाह्रो काम हो ।’
तथापि आफूले चलचित्रमा कमेडी जनरालाई यो जोखिमको बिच पनि निरन्तरता दिइरहेको अक्षयले बताएका छन् । आफ्नो नयाँ चलचित्र ‘वेलकम टु द जंगल’ मा भौतिक, परिस्थितिजन्य र स्ल्यापस्टिक गरी तीन वटै कमेडी प्रयोग गरिएको उनको भनाई छ ।
यो चलचित्रमा अक्षयसँगै सुनिल शेट्टी, परेश रावल, रवीना टन्डन, अर्शद वारसी, लारा दत्ता, दिशा पटानी, ज्याकलिन फर्नान्डेज, आफताब शिवदासानी, तुषार कपूर, राजपाल यादव, ज्याकी श्राफ लगायत ३० भन्दा बढी कलाकारहरूको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म
‘हली’ टिजरमा महिनावारी पीडा
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
‘आचार्य’ लिएर ११ वर्षपछि निखिल
नेपालमा पनि बन्न थाल्यो पुरानो चलचित्रको ‘रिमेक’






