बाजुरा । बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका नौवटै पालिकाका स्थानीयले जन्मेदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
यहाँका एक हजार ३४८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणामा त्रिवेणी नगरपालिकाका जन्मेदेखि १५ महिनाका २७४, गौमुलमा १७४, खप्तड छेडेदह गाउपालिकामा ३१०, स्वामीकार्तिक खापर गाउँपालिकामा २१८ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख खड्काले बताए।
यसैगरी, बडीमालिका नगरपालिकामा ३००, बुढीनन्दा नगरपालिकामा ३५३, बुढीगङ्गा नगरपालिकामा २३६, जगन्नाथ गाउँपालिकामा १६२ र हिमाली गाउँपालिकामा १८० जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।
एक खोप लगाएर अन्य चार खोप नलगाउने त्रिवेणी नगरपालिकाका एक जना, बडीमालिका नगरपालिकामा एक जना, बुढीनन्दा नगरपालिकामा एक जना र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वयंसेविका र स्थानीय तहका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।
सम्बन्धित समाचार
च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
सरकारी आश्वासनपछि खुले चिया उद्योग






