नेदरल्यान्ड पराजित, मोरक्को अन्तिम १६ मा प्रवेश

काठमाडौं । नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै मोरक्को फिफा विश्वकपको राउन्ड १६ मा प्रवेश गरेको छ। मंगलबार बिहान भएको खेलमा नेदरल्यान्ड्स पराजित भएसँगै प्रतियाेगिताबाट बाहिरिएको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे । भने, नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सफल भए । मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार