अजयको चलचित्र ‘चौहान’ विवादमा

मुम्बई । अजय देवगनको निर्माणधिन चलचित्र ‘चौहान’ विवादमा फसेको छ । हालै आधिकारिक घोषणा सहित निर्माण सुरु गरिएको यस चलचित्रको टिजर पनि रिलिज गरिएको थियो । नीरज यादवले निर्देशन गरेको यो चलचित्र टिजर रिलिज पछि विवादमा फसेको हो ।

भारतमा रहेका क्षत्री समुदायको संस्था ‘क्षत्रिय परिषद्’ले टिजरमा भएका केही संवादहरू र राजपूत इतिहासलाई चित्रण गर्ने तरिका गलत भएको भन्दै त्यस’bout आपत्ति जनाएको छ । क्षत्रिय परिषद्ले राजपूत इतिहासलाई हतियारको रूपमा प्रयोग गरेको भन्दै त्यसको विरोध गरेको छ । संगठनले चुनावी वा वैचारिक उद्देश्यका लागि यस्ता प्रयासहरू भइरहेको बताएको छ । परिषद्ले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा राजपूत पहिचानलाई फेरि एक पटक राजनीतिक कथाहरूमा तानिनु अत्यन्तै दुर्भाग्यपूर्ण हो भनेको छ ।

क्षत्रिय परिषद्को तर्फबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘हामी नीरज यादव र अजय देवगनको आगामी चलचित्र चौहानमा वर्तमान साम्प्रदायिक राजनीतिको लागि चौहान कुलको नाम प्रयोग गर्ने प्रयासको कडा निन्दा गर्दछौं । राजपूत इतिहास राजनीतिक हतियार होइन ।’
अगाडि लेखिएको छ,‘चौहान विरासत राजपूत इतिहासको अंश हो, चुनावी कथा वा बाहिरी व्यक्तिहरूले सिर्जना गरेको विवाद होइन । हामी वैचारिक उद्देश्यका लागि राजपूत पहिचानलाई हतियार बनाउने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं ।’

परिषद्ले विज्ञप्तिमा भनेको छ,‘महमुद लोदीले खानवाको युद्धमा महाराणा सांगाको नेतृत्वमा लडे । हाकिम खान सुरले हल्दीघाटीमा महाराणा प्रतापको सेनाको एक दलको नेतृत्व गरे। फरीद खान, जो पछि शेरशाह सुरी बने, राजा रायसल शेखावतको नेतृत्वमा आफ्नो प्रारम्भिक सैन्य करियरमा सेवा गरे, र महाराजा विक्रमादित्य तोमर पानीपतको पहिलो युद्धमा लोदी सेनासँग लड्दै शहीद भए ।’

यस्ता दाबीहरूले भारतीय इतिहासको अज्ञानतालाई प्रतिबिम्बित गरेको संगठनको कथन छ । भारतीय उपमहाद्वीपको विगतलाई साधारण साम्प्रदायिक विभाजनमा सीमित गर्न सकिँदैन भन्दै क्षत्रिय परिषद्ले अफगान र राजपूतहरूले सँगै लडेका उदाहरणहरू पनि उल्लेख गरेको छ । यस विषयमा अभिनेता निर्माता अजय देवगनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

रास्कोटमा खाद्यान्न अभाव नहुने