अवरोध हटेपछि फेरि भारत जान थाल्यो नेपाली चिया

काठमाडौं । झन्डै दुई महिनादेखि भारतीय पक्षको गुणस्तर परीक्षण प्रक्रियाका कारण रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएसँगै चिया उद्योग र किसानमा राहतको आशा पलाएको छ।

निकासी अवरोध हटेसँगै उद्योगमा थन्किएको चिया भारतीय बजारतर्फ जान थालेको छ भने नयाँ अर्डरसमेत आउन थालेका छन्। भारतले गुणस्तर परीक्षणसम्बन्धी व्यवस्था परिमार्जन गर्दै सबै खेपको अनिवार्य परीक्षण हटाएर जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि काँकडभिट्टा–पानीट्यांकी नाका हुँदै नेपाली चियाको निकासी पुनः सुरु भएको हो। नयाँ व्यवस्थाअनुसार अब नेपालबाट जाने प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्रै नमुना परीक्षण गरिनेछ।

निकासी अवरुद्ध हुँदा इलामका उद्योगमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो। यसले उद्योगी र किसान दुवैलाई आर्थिक रूपमा ठूलो असर परेको थियो। अहिले निकासी सहज भएसँगै थन्किएको चिया बजारमा पठाउने तयारी तीव्र बनेको छ।

नेपाल चिया उत्पादक संघका अनुसार सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका ट्रकहरू भारत प्रवेश गर्न थालेका छन्। व्यवसायीहरूले भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको र व्यापार विस्तार हुने संकेत देखिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार